मनसुनी वायुका प्रभावका कारण देशका विभिन्न क्षेत्रमा मध्यम तथा भारी वर्षा

80

काठमाडौं । देशैभरी रहेको मनसुनी वायुका प्रभावका कारण देशका विभिन्न क्षेत्रमा मध्यम तथा भारी वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुृसार आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै राति पनि प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा र प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बीनी प्रदेशका केहि स्थानहरुमा मेघ गर्जन÷ चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले गण्डकी प्रदेश र लुम्बीनी प्रदेशका एक÷दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन समेत अनुरोध गरेको छ ।

यस्तो छ बाढी पूर्वानुमान
आज कोशीका सहायक नदीहरु सुनकोशि, भोटेकोशी, तामाकोशी, दुधकोशी, अरुण, तमोर लगायतमा बहाव केही बढ्ने छन् भने नारायणी र यसका सहायक नदीहरु विशेषगरी त्रिशुली, बुढीगण्डकी, मर्स्याङ्दी तथा कन्काई, कमला, बागमती, पुर्वी राप्ती, तिनाउ लगायतमा बहाब उल्लेख्य बढी तथा केहीमा सतर्कता तह पुग्न सक्ने र केही स–सना नदीहरुमा आकस्मिक वहाव हुन सक्ने पुर्वानुमान रहेकाले तटीय क्षेत्र र डुबान भइरहने क्षेत्रहरूका क्रियाकलापमा सतर्कता अपनाउन पनि बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here