अमेरिकाले १५ लाख भन्दा बढी नेपालीलाइ पुग्ने कोभिड १९ को खोप उपलब्ध गराउने

104

काठमाडौं । अमेरिकाले आउँदा केही दिनमा १५ लाख भन्दा बढी नेपालीलाइ पुग्ने गरी कोभिड १९ को खोप उपलब्ध गराउने भएको छ । नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले शुक्रबार आफ्नो फेसबुक पेज मार्फत सो कुराको जानकारी गराउनु भएको हो ।

उहाँले सन्देशमा लेख्नु भएको छ, ‘आउँदा केही दिनमा अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्नेगरी कोभीड १९ खोप निशुल्क उपलब्ध गराउंदैछ। नेपाल(अमेरिका साझेदारीको ७३ बर्ष लामो यात्रामा यो मेरो लागि अत्यन्तै खुशीको क्षण हो। अमेरिका सदैव नेपालीहरूको साथमा छ र नेपालीको जीवनस्तर सुधारमा निरन्तर काम गरीरहनेछ ।’ गाेरखा पत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here