काठमाडाैं । ए डिभिजन लिग क्लब न्युरोड टिम एनआरटीको मुख्य प्रशिक्षकमा राजुकाजी शाक्य नै दोहोरिएका छन् । एनआरटीले शनिबारशाक्यलाई मुख्य प्रशिक्षकमा निरन्तरता दिने सम्झौता गरेको हो ।
आउँदो असोज ३ गतेदेखि हुने ए डिभिजन लिगमा शाक्यको नेतृत्वमा क्लबले अब्बल प्रदर्शन गर्ने अपेक्षा गरेको एनआरटीले विज्ञप्तीमार्फत जनाएको छ ।
एनआरटी चार पटकको ए डिभिजन विजेता हो । साथै दुई जना अफ्रिकन खेलाडीलाई टिममा अनुबन्ध गरेको छ । मोसुके ओलुमो र स्टेफेन समिरलाई अनुबन्ध गरिएको क्लबले जनाएको छ ।


















