देशका यी नदीमा बाढीको सम्भावना

58

काठमाडौं । आज देशका प्रमुख नदीहरु कोशी, नारायणी र यसका सहायक नदीहरुमा बहाव सामान्य घटबढ हुने तथा कर्णाली र महाकालीका केही स-साना सहायक नदीहरुमा बहाव केही बढ्ने तर सतर्कता तह भन्दा तलै रहने जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

बिहानको मापन अनुसार महाकाली, कर्णाली, नारायणी, कोशी र सहायक नदीहरुमा बहाव सामान्य रहेको र सवैमा सतर्कता तहभन्दा तलै रहेको छ।

आज कोशी, नारायणी र यसका सहायक नदीहरुमा बहाव सामान्य घटबढ हुने, कर्णाली र महाकालीका सहायक नदीहरुमा बहाव केही बढ्ने तर सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान छ। कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई लगायतमा बहाब सामान्य घटवढ हुने, तिनाउमा बहाब केही बढ्ने तर सबैमा बहाब सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान छ।

प्रदेश १ को ताप्लेजुङ, पाँचथर, सोलुखम्बु, संखुवासभा, ओखलढुङ्गा, खोटाङ, सुनसरी, मोरङ, झापा, ईलाम, प्रदेश २ को बारा, पर्सा, बागमती प्रदेशको दोलखा, सिन्धुपाल्चोक, रामेछाप, नुवाकोट, रसुवा, धादिङ, चितवन, मकवानपुर, काठमाण्डौ, सिन्धुली, गण्डकी प्रदेशको गोरखा, लमजुङ, तनहुँ, नवलपुर, स्याङ्गजा, कास्की, म्याग्दी, बाग्लुङ, लुम्बिनी प्रदेशको परासी, पाल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देही, कपिलबस्तु, रुकुम पूर्व, कर्णाली प्रदेशको सुर्खेत, सल्यान, रुकुम पश्चिम, जाजरकोट, कालिकोट, दैलेख, जुम्ला, सुदूरपश्चिम प्रदेशको दार्चुला, बझाङ, बाजुरा, बैतडी, डडेल्धुरा, डोटी, अछाम र आसपास जिल्ला भई बहने स-साना नदीहरुमा बहाव बढ्ने र केहीमा आकस्मिक बाढी आउन सक्ने पूर्वानुमान महाशाखाले गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here