नेपाल आइपुग्यो १५ लाख कोभ्याक्स खोप

158

काठमाडौं । अमेरिकी सरकारले कोभ्याक्सअन्तर्गत उपलब्ध गराएको कोरोनाविरुद्धको खोप नेपाल आइपुगेको छ।

अमेरिकाले उपलब्ध गराएको १५ लाख डोज खोप लिएर कतार एयरको जहाज सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।  खोप लिनका लागि स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठ विमानस्थल पुगेका थिए। नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले मन्त्री श्रेष्ठलाई खोप हस्तान्तरण गरेका छन्।

अमेरिकी खोप उत्पादक कम्पनी जोन्सन एण्ड जोन्सनको उक्त खोप एक मात्रा लगाए पुग्ने खोप हो। नेपालले अमेरिकाबाट थप खोप खरिदका लागि समेत पहल गरिरहेको छ तर खोपको माग अत्यधिक भएकाले कतिपय कम्पनीहरुले सन् २०२१ सम्मका लागि नयाँ सम्झौता गर्न नसकिने जनाइरहेका छन्।

नेपालले खोपको आयात गर्न र भण्डारण गर्न पूर्वाधारसमेत निर्माण गर्नुपर्ने हुन्छ। त्यसका लागि अझ बढी समय लाग्नसक्ने जानकारहरुको  धारणा छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here