काठमाडौं । काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित धादिङ सलाङ घर भएका २५ वर्षीय रेशम श्रेष्ठको तास एण्ड कटिया हाउसमा तास खेलिरहेको अवस्थामा रेशम लगायत ७ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उक्त हाउसमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १७ हजार रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


















