विश्व फुटबल जगतमा लामो समय अपराजित हुने टिमहरू

477

काठमाडौं ।  युरो २०२० को फाइनलमा विजयी बनेसँगै इटालीको अपराजित यात्रा ३४ खेलसम्म पुगेको छ । इटालीले १० सेम्टेम्बर २०१८ यता कुनै पनि खेल हारेको छैन । रोबर्टो मान्सिनीको प्रशिक्षणमा इटालियन टोलीले आफ्नो इतिहासमै नयाँ कीर्तिमान राखेको छ ।

हालै युरो जितेको इटालीले आठ दशक अगाडिको आफ्नो कीर्तिमान भंग गरेको हो । सन् १९३५ देखि १९३९ को अवधिमा इटाली ३० खेलसम्म अपराजित रहेको थियो । त्यसबखत इटालीका प्रशिक्षक थिए, भिटोरियो पिज्जी । जसको नेतृत्वमा इटालीले दुई पटक विश्वकप जित्यो भने ओलम्पिकको पुरुष फुटबलमा स्वर्ण पदक हात पार्‍यो ।

आफ्नै पुरानो कीर्तिमान भंग गरेको अहिलेको इटालियन टिम विश्व कीर्तिमानको पनि नजिक छ । अब एक खेल जिते इटालीले ब्राजिल र स्पेनले राखेको कीर्तिमान बराबरी गर्नेछ । सन् १९९३ देखि १९९६ सम्म ब्राजिल ३५ खेलमा अपराजित रहेको थियो । त्यसैगरी, सन् २००७ र २००९ को बीचमा स्पेन पनि लगातार उति नै खेलमा अपराजित रह्यो । अन्तराष्ट्रिय फुटबलमा अल्जेरियाले पनि लामो समयदेखि हार व्यहोरेको छैन । उत्तर अफ्रिकाको टोलीले पछिल्ला २७ खेल हारेको छैन ।

लामो समय अपराजित रहने टिम 
ब्राजिल, ३५ खेल (सन् १९९३-१९९६)
स्पेन, ३५ खेल (सन् २००७-२००९)
इटाली, ३४ खेल (सन् २०१८-हालसम्म)
अर्जेन्टिना, ३१ खेल (सन् १९९१-१९९३)
इटाली, ३० खेल (सन् १९३५-१९३९)
फ्रान्स, ३० खेल (सन् १९९४-१९९६)
अल्जेरिया, २७ खेल (सन् २०१८-हालसम्म)
पश्चिम जर्मनी, २३ खेल (सन् १९७८-१९८१)
फ्रान्स, २३ खेल (सन् २०१०-२०१२)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here