सर्वोच्चको आदेशअनुसार देउवा प्रधानमन्त्री पदमा नियुक्त हुँदै

504

काठमाडौं। सर्वोच्च अदालतको आदेशअनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्री पदमा नियुक्त हुनुहुँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीका सूचना तथा सञ्चार विज्ञ सल्लााहकर टिका ढकालले सर्वोच्चको आदेश अनुसार कांग्रेसका सभापति देउवालाई आज प्रधानमन्त्रीमा नियुक्त गर्न लागेको बताउनुभयो ।

उहाँले यसबारे मध्यान्हसम्म विस्तृतमा आउने बताउनुभयो । ‘आज नियुक्ति मात्र भएर शपथ ग्रहण अरु कुनै बेला पनि हुन सक्ने भो । अब नियुक्ति र शपथ एकै चोटि पनि हुन सक्ने भो,’ उहाँका अनुसार, ‘नियुक्ति भयो भने शपथ ग्रहण प्रधानमन्त्रीले के भन्नुहुन्छ त्यो अनुसार हुन्छ । हामीले शपथ तोक्ने होइन् ।’

उहाँले थप्दै भन्नुभयो, ‘प्रधानमन्त्रीमा नियुक्त भएसकेपछि शपथ ग्रहण फलानो समयमा राखौं भन्ने हुन्छ । त्यसपछि मात्रै शपथ ग्रहण हुन सक्ने समय तय हुन्छ । अब हैन आजै नियुक्ति आजै शपथ भन्नुभयो भने आजै पनि हुन सक्छ ।’

सोमबार सर्वोच्च अदालतले मंगलबार ५ बजेभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । सोही परमादेशअनुसार देउवालाई आज प्रधानमन्त्रीमा नियुक्ति गर्न लागिएको हो । संविधानको धारा ७६ को उपधारा ५ अनुसार देउवा प्रधानमन्त्रीमा नियुक्त हुनुहुने छ ।कांग्रेस सभापति देउवा यसअघि चार पटकसम्म प्रधानमन्त्री बनिसक्नुभएको छ भने यो उहाँको प्रधानमन्त्रीको रुपमा पाँचौ पटक हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here