आज नेप्सेमा साढे पाँच अर्ब रुपैयाँकाे काराेबार

81

काठमाडाैं । शेयर बजार परिसूचक नेप्से आज बुधवार सामान्य बढेको छ । नेप्से आज एक दशमलव शून्य एक अङ्कले बढेर २८ सय ७२ दशमलव शून्य पाँच विन्दुमा पुगेको छ ।

आज होटल, जलविद्युत्, फाइनान्स, म्युचल फन्ड र लगानी समूहको शेयर सामान्य बढेको छ ।  बैंकिङ, विकास बैंक, निर्जीवन बीमा कम्पनी, जीवन बीमा कम्पनी, उत्पादन, अन्य र माइक्रोफाइनान्स समूहको शेयर भने घटेको छ ।

आज दुई सय १४ कम्पनीका चार करोड ४७ लाख कित्ता शेयर पाँच अर्ब ६५ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै गुराँस फाइनान्सकाे साढे २९ करोड रुपैयाँको शेयर कारोबार भएको छ । आज हिमालयन पावर पार्टनर कम्पनीको शेयर आठ प्रतिशतले बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here