काठमाडाैं । चालु आर्थिक वर्ष २०७७/७८ को अन्तिम दिन सुनको मूल्यमा ५ सय रुपैयाँको वृद्धि भएको छ । बिहीवार छापावाल सुन प्रति तोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
बुधवार सुन प्रति तोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यस दिन तेजाबी सुन प्रति तोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन यस्तो सुन प्रति तोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार, यस दिन चाँदी प्रति तोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।


















