खोप अभियान सफल बनाउन स्वास्थ्य मन्त्रालयकाे अनुरोध

44

काठमाडौं । संयमित भई खोप अभियान सफल बनाउन सहयोग गरिदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ।

शनिबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयका सह-प्रवक्ता डा.समिरकुमार अधिकारीले नेपाल सरकारले कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रण गर्दै संक्रमणको जोखिमबाट नेपालीहरुलाई जोगाउन खोप अभियानलाई उच्च प्राथमिकतामा राखेको जनाएका छन्।

खोप आपूर्तिको समस्यालाई समाधान गर्दै अठार वर्षमाथिका नेपाली नागरिकहरुका लागि निःशुल्क खोप लगाउने योजना तयार भइसकेको भन्दै मन्त्रालयले यसका लागि आवश्यक पर्ने खोपहरुको व्यवस्थापन भइरहेको जनाएको छ।

पछिल्लो समय प्राप्त खोपहरु धेरै जिल्लाहरुमा पुगिसकेको मन्त्रालयले जनाएको छ। केही जिल्लाहरुबाट भेरोसेल खोप अभियान सुरु गरि अर्को चरणको अभियान सञ्चालन गर्न हाललाई स्थगित गरेको जानकारी प्राप्त भएको र ति स्थानहरुमा खोप अभियानहरु पर्सिबाटै सुरु हुने मन्त्रालयले जनाएको छ। त्यसबारेको जानकारी सम्बन्धित जिल्लाहरुबाट उपलब्ध हने मन्त्रालयले जनाएको छ।   हाललाई भेरोसेल खोप लगाउने वर्गमा ५५ वर्षभन्दा माथिका खोप नलगाएका व्यक्तिहरु, विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकहरु नेपाल सरकारले तोकेको अत्यावश्यक सेवामा संलग्न व्यक्तिहरु खोप अनिवार्य गरेको देशमा जाने नेपालीहरु तथा जानसेनको खोप लगाउने वर्गमा ५० देखि ५४ वर्ष उमेरका एक मात्रा पनि खोप नलगाएका व्यक्तिहरु पर्ण र अति अशक्त (वर्ग क र ख) अपांगता भएकाहरु हाल नेपालमा बसोबास गरिरहेका शरणाथीहरु स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा सरसफाईकर्मीहरु तोकिएको मन्त्रालयले जनाएको छ। चरणबद्ध तरिकाले प्राथमिकता प्राप्त वर्गहरुलाई खोप लगाउने अभियान निरन्तर संचालन हुने मन्त्रालयले जनाएको छ।

आफ्नो पालो अनुसार उमेर खुल्ने परिचयपत्र लिएर मात्रै खोप लगाउन जान  र अरुको खोप लगाउने पालोमा भिडभाड नगरी खोप अभियानमा सहयोग गर्न मन्त्रालयले अनुरोध गरेको छ।   आगामी साउन ६ गतेबाट चीनबाट खरिद गरिएका थप खोपहरु आउने र साउन १५ गतेभित्र कम्तिमा बत्तिस लाख तथा त्यसपछि पनि निरन्तर अन्य खोपहरु नेपाल आउने क्रम जारी रहने स्वास्थ्य मन्त्रालयले जनाएको छ। सबैले खोप लगाउन पाउने भन्दै संयमता अपनाउन मन्त्रालयले अनुरोध गरेको हो।

कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका ६५ वर्षभन्दा माथिका सम्पूर्ण व्यक्तिहरुका लागि दोस्रो मात्राको खोप व्यवस्था भई सकेको र केही दिनमै ती खोपहरु प्राप्त भई प्रतिक्षामा रहेका सबैलाई दोस्रो मात्रा उपलब्ध गराइने मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here