नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ५०६ पुग्याे

54

काठमाडौं। नेपालमा थप २ हजार ९३६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। गत २४ घण्टामा देशभर गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा शुक्रबार थप २ हजार ९३६ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालाहरुमा गरी ९ हजार ६१३ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा २ हजार ६ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै, सोही अवधिमा देशका विभिन्न ठाउँमा गरी ४ हजार ५६९ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणबाट ९३० जनामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टामा ४३ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ५०६ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here