करेन्ट लागेर मृत्यु

103

सुनसरी । बराहक्षेत्र नगरपालिका-२ रेललाईन बस्ने २८ वर्षीय कृष्ण घिमिरेको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको छ । आफ्नै घर वरीपरि हात्ती रोक्नको लागि लगाएको फलामको तारमा करेन्ट लगाई छाडिएकोमा सोही तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र चतरामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here