सवारी दुर्घटनामा ३ जनाको मृत्यु

69

काठमाडौं मुस्ताङकाे घरपझोङ गाउँपालिका-५ ठिनीखोलास्थित कच्ची सडकमा ग.१ ख ६८५२ नम्बरको ट्रक ठिनी खोलाको अस्थायी पुल तर्ने क्रममा पुल भाँचिएर ट्रक आइतबार बिहान खोलामा खसेर दुर्घटना हुँदा ट्रकमा सवार रामेछाप गोकुल गंगा गाउँपालिका-१ बस्ने ३८ वर्षीय चित्र बहादुर श्रेष्ठ समेत २ जनाको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका ४ जनामध्ये ३ जना जिल्ला अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएका छन् भने १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवनकाे भरतपुर महानगरपालिका-५ कैलाशनगर बस्ने चन्द्र सिग्देलको खेत जोत्ने क्रममा ना.४ त ३१५२ नम्बरको ट्याक्टर पल्टिएर आइतबार बिहान दुर्घटना हुँदा ट्याक्टर चालक सोही ठाउँ बस्ने ३४ वर्षीय सन्दीप मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here