सुनको मुल्य ९२ हजार ८ सय रुपैयाँ कायम

129

काठमाडौं । केही दिन यता नेपाली बजारमा सुनचाँदीको मुल्य थपघट हुँदै आएको छ । आइतबार प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज २ सयले बढेर ९२ हजार ८ सय रुपैयाँ कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार तेजाबी सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । हिजो प्रतितोला ९२ हजार १ सय रुपैयाँमा खरिद बिक्रि भएको थियो ।

यसैगरी, चाँदीको मुल्य भने आज ५ रुपैयाँले घटेको छ । महासंघको अनुसार आज चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा किनबेच भैरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here