सीमाबारे सरकारको आधिकारिक धारणा सार्वजनिक

78

काठमाडौं । भारतसँगको सीमा विवादबारे नेपाल सरकार बोलेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेकमा सडक निर्माण कार्य जारी रहेको अभिव्यक्ति दिँदा सरकार मौन रहेको आरोप लागिरहेको बेलामा सरकारले आधिकारिक धारणा सार्वजनिक गरेको हो।

आइतबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्नुअघि सीमाबारे सरकारको आधिकारिक धारणा सार्वजनिक गर्दै सरकारको प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘कालापानी लिपुलेक र लिम्पियाधुराको सम्बन्धनमा महाकाली नदीको पूर्व कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको अभिन्न भूभाग हो भन्नेमा सरकार दृढ छ।’

सरकारले भारत सरकारलाई नेपाली भूमि भएर जाने सरकार निर्माण रोक्न आग्रह गर्दै आइरहेको समेत बताए। भारतसँगको घनिष्ट सम्बन्धको कारण ऐतिहासिक तथ्यको आधारमा कुटनीतिक माध्यमबाटै सीमा विवाद समाधान गर्न तयार रहेको समेत बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here