मायाको परिभाषा म्यूजिक भिडियाे सार्वजनिक

253

काठमाडौं । समाजमा मायाबाट मात्र समाजिकविभेद अन्त्य सम्भव छ भन्ने सन्देशसहित ‘मायाको परिभाषा’ बोलको गीत सार्वजनिक भएको छ ।

साे म्यूजिक भिडियाेबाट संचारकर्मी प्रज्वल शाक्य र बन्दना खड्काले ‘मायाको परिभाषा’ सोधेका छन् । उनीहरुले मायाको परिभाषा बताउन आग्रह गरेका हुन ।

गत शुक्रबार साँझ युट्युबमार्फत् सार्वजनिक भएको यस गीतका सर्जक अर्का सञ्चारकर्मी राजकुमार रायमाझी हुन् । रेडियो उपत्यकामा यी तीन सञ्चारकर्मीको प्रस्तुतिको रुपमा गीत सार्वजनिक भएको हो । प्रतिश शाक्य, प्रयुक्ता केसी, बिगेन तुलाधर, सरला सिलवाल, किरोज स्थापित, सुशील बज्राचार्य, स्नेहा बज्राचार्य र अम्बिका राईमाथि गीत छायाँकन भएको छ ।

समाजमा धनी बाबुकी छोरीलाई त्यहि घरको काम गर्नेकी छोराले माया गर्दा के हुँदोरहेछ ? समाजमा कसरी भेदभाव मौलाइरहेको छ, शुष्म तवरमा अन्यायले कसरी प्रश्रय पाइरहेको छ, गीतको भिडियोमा देखाउन खोजिएको छ । गीति कथा नै प्रस्तुत गरिएको यस गीतको भिडियोमा काठमाडौं आसपासका क्षेत्रको छायाँकन गरिएको हो ।

साे सन्देशमा मूलक  गीतमा लक्षुप्रकाश मल्लले संगीत भरेका छन् । गायक शाक्यकै निर्देशन रहेको यस म्यूजिकल फिल्ममा सहनिर्देशन तथा नृत्य निर्देशन आराध्य लक्ष्मी खड्गीले गरेकी हुन् भने छायाँकन र सम्पादन सोहन मानन्धरको रहेको छ ।

रेडियो उपत्यका ८७.६ मेगाहर्ज सन्चालन गरिरहेको युगवाणी मिडिया नेटवर्कका अध्यक्ष पुष्पराज पराजुलीको सभापतित्वमा सम्पन्न सो गीत सार्वजनिक कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल प्रमूख अतिथिका रुपमा थिए ।

कार्यक्रममा विशेष अतिथिका रुपमा पूर्वराज्यमन्त्री तिर्थराम डंगोल थिए भने अतिथिमा वरिष्ठ चलचित्र पत्रकार विजयरत्न तुलाधर असंबरे रहेका थिए । साथै  कार्यक्रममा नेटवर्कका कार्यकारी सल्लाहकार कृष्ण केसी, कार्यकारी निर्देशक सुरेश आचार्य अतिथिका रुपमा उपस्थित थिए । काठमाडौंको त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरको जाश्मिन फिटनेस एण्ड स्पामा आयोजित कार्यक्रममा प्रमुख अतिथि पोखरेलले गीतले जातिय विभेदको अन्त्य माया नै रहेको निष्कर्ष निकाल्न खोजेको जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here