घरेलु मदिरा सेवन पछि चारको मृत्यु, दुईको अबस्था गम्भीर

92

बागलुङ । बागलुङको गलकोट नगरपालिकामा घरेलु मदिरा सेवन गरेका चार जना मजदुरको मृत्यु भएको छ । दुई जनाको अवस्था गम्भिर रहेको छ । गलकोट नगरपालिका–७ मल्म गहिरो खर्कको गलकोट बृहत खानेपानी खानेपानी आयोजनामा कार्यरत १४ जना मध्ये ६ जना मजदुरले सोमबार घरेलु मदिरा सेवन गरेका थिए ।

स्थानीय भद्रबहादुर थापाले सञ्चालन गरेको मिलन किराना पसलमा घरेलु मदिरा खरिद गरी सेवन गरेका मध्ये रोल्पा सुनिल स्मृति गाउँपालिका ५ का २१ वर्षीय दिपेन्द्र पुन, सोही स्थानका ३९ वर्षिय दूधबहादुर राना, ५१ वर्षिय रेखबहादुर राना र ३० वर्षिय प्रविन घर्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकृत डिएसपी इकवाल हलारीले जानकारी दिनुभयो । मदिरा सेवनपछि गम्भिर भएका छ जनालाई अस्पताल ल्याउँदै गर्दा चार जनाको बाटोमै निधन भएको थियो । मदिरा सेवनपछि बिरामी परेका रोल्पा सुनिलस्मृति गाउँपालिका– ५ गजुलका ३८ बर्षिय खेमराज घर्ती र २६ वर्षिय रविन पुनको धौलागिरी अस्पतालमा उपचार भइरहेको छ । दुवै जनाको मृर्गाैलामा गम्भिर समस्या देखिएको अस्पतालका प्रमुख डाक्टर सैलेन्द्र विक पोखरेलले जानकारी दिनुभयो ।

उनीहरुलाई थप उपचारको लागि पोखरा पठाउने तयारी भैरहेको डाक्टर पोखरेलले बताउनुभयो । उनीहरुले किराना पसलबाट आठ बोतल रक्सी, बोनस चाउचार, पाठक दालमोट, कोकोनट विस्कुट खरिद गरेका थिए । पसल सञ्चालक भद्रबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएका छ । Gorkhapatra

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here