पेलोसीले ताइवानमा टेके गम्भीर परिस्थिति उत्पन्न

43

एजेन्सी  । अमेरिकी सभामुख नान्सी पेलोसी ताइवान नटेक्दै चीनले आगोसँग नखेल्न चेतावनी दिएको थियो । पेलोसीले ताइवानमा टेके गम्भीर परिस्थिति उत्पन्न हुने चेतावनी दिएको थियो । तर, आगोसँग खेल्न तयार भएको सन्देश दिदै पेलोसीले ताइवान टेकिन् ।

गएराति ताइवान पुग्दा उनको भव्य स्वागत भएको थियो । ताइवानकी राष्ट्रपति साइ इंगवेनसँग भेटवार्ता गरी अमेरिकाको जस्तोसुकै कठिन परिस्थितिमा साथ रहने प्रतिवद्धता व्यक्त गरिन् । उनले ताइवानलाई कठिन परिस्थितिमा साथ दिने प्रतिवद्धता जनाइरहँदा ताइवान नजिकैको समुन्द्रमा चीनले युद्ध अभ्यास गरिरहेको थियो ।

पेलोसीले ताइवानमाथि बल प्रयोग कतैबाट नहोस् भन्ने चाहेको बताइन् । तर, चीनले ताइवानलाई आफ्नो अभिन्न अंग भन्दै कुनैपनि बेला हस्तक्षेपको चेतावनी दिदै आएको छ ।

ताइवान मामलामा चीन आक्रामक बन्दै गएको छ । अमेरिकाले पनि ताइवानलाई साथ दिदै आएको छ । भविष्यमा ताइवानमाथि हमला भएमा अमेरिकाले प्रतिकारका लागि साथ दिने सन्देश प्रवाह गर्दै आएको छ ।

ताइवान मामला युक्रेनको जस्तै हुनसक्ने विश्लेषण नभएको होइन । रुसले युक्रेनमाथि हमला गरेजस्तै चीनले गरेमा अमेरिकालगायत पश्चिमा देशहरुले भूमिका देखाउन सक्छन् । चीनसँग लड्न ताइवानलाई अमेरिकाले साथ दिनसक्छ । ताइवानलाई अमेरिकाले बेला बेलामा हतियार बेच्दै आएको छ ।

पछिल्लो घटनाक्रमले अमेरिकाले ताइवान मामलामा चीनलाई चुनौती दिएको छ । चीनले पनि आगोसँग नखेल्न चेतावनी दिएबाट ताइवान टापुमा युद्धको कालो बादल मडारिएको छ । उक्त क्षेत्रमा अमेरिका र चीनबीच युद्धको खतरा बढेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here