बजारमा प्याजको भाउ घट्याे

45

काठमाडाैं । आजकाे तरकारी बजारमा सुकेको प्याजको भाउ घटेको छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको फलफूल तथा तरकारीको मूल्यसूचीअनुसार प्याजको भाउ किलोमा ५ रूपैयाँ सस्तिएको हो।

मंगलबार ७० देखि ७५ रूपैयाँमा कारोबार भएको प्याजको भाउ आज प्रतिकिलो ६५ देखि ७० रूपैयाँ निर्धारण गरिएको छ।

बजारमा अहिले भारतीय प्याज विक्री वितरण भइरहेको छ। आज गोलभेँडा, आलु, गाजर, बन्दा, भन्टा, मटरकोशा, घिउँसिमी लगायतका तरकारीको भाउ घटबढ भएको छैन।

मुला  र काउली किलोमा ५ रूपैयाँ महँगिएको छ। आज रातो मुलाको भाउ प्रतिकिलो १० देखि १५ रुपैयाँ र लोकल काउली ४० देखि ४५ रूपैयाँ तोकिएको छ।

अन्य केही तरकारी तथा फलफूल पनि हिजोको तुलनामा केही महँगिएको छ।

सागको भाउ आज पनि स्थिर छ।

रायोको साग ४० देखि ५० रूपैयाँ, तोरीको साग ३० देखि ४० रूपैयाँ, चमसुर, पालुगो, जिरी र सौफको सागको भाउ ९० देखि १०० रूपैयाँ प्रतिकिलो छ।

यस्तो छ आजको मूल्यसूची

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here