भाषाका लागि नेवाः र तामाङ समुदायद्धारा आन्दोलन घोषणा

180

 

काठमाडौं  । नेवाः देय् दबू वाग्मती प्रदेश, नेपाल तामाङ घेदुङ वाग्मती प्रदेश र नेवाः देय् दबू स्वनिगः विशेष समितिले भाषा आयोगको सिफारिस अनुसार वाग्मती प्रदेशमा नेपालभाषा र तामाङभाषालाई कामकाजि भाषाको रुपमा लागू गर्न माग गर्दै दबाव मुलक कार्यक्रम घेषणा गरेको छ । साउन ८ गते आइतवार वाग्मती प्रदेशको राजधानी हेटौंडामा ती संगठनका नेतृत्वको संयुक्त बैठकको निर्णय अनुसार जारी गरेको विज्ञप्तिमा आन्दोलनका कार्यक्रम उल्लेख गरिएको छ ।
नेवाः देय् दबू वाग्मती प्रदेश अध्यक्ष विष्णुगोपाल महर्जन, नेपाल तामाङ घेदुङ वाग्मती प्रदेश अध्यक्ष लिला कुमार घलान र नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशका अध्यक्ष श्रीकृष्ण महर्जनले हस्ताक्षर गरि जारी गरेको विज्ञप्तिमा घोषित कार्यक्रम अनुसार साउन ८ गतेदेखि १० गते सम्म वाग्मती प्रदेशका सम्पूर्ण सांसद तथा राजनीतिक दहलहरुलाई पत्रकाचार गर्ने, साउन ११ गतेदेखि १३ गते सम्म सांसदहरुलाई माग पुरा गराउन भूमिका निर्वाह गर्नका लागि अनुरोध गर्दै एसएमएस पठाउने, साउन १४ गतेदेखि २० गते सम्मा सामाजिक सञ्जालमा नारादेखि सन्देशहरु राख्ने र स्थानीय आवश्यकहता अनुसार अन्तक्र्रिया, गोष्ठी, बैठक, भेलादेखि प्रदर्शनलाई जारी राख्ने उल्लेख छ ।
विज्ञप्तिमा नेपालको संविधान अनुसार भाषा आयोगले नेपालभाषा र तामाङ भाषालाई वाग्मती प्रदेशमा सरकारी कामाजि भाषाको रुपमा सिफारिस गरेको, भाषा आयोगले सरकालाई प्रतिवेदन दिएको, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पत्राचार गरेको साथै संस्कृति पर्यटन मन्त्रालयवाट प्रदेश मन्त्रालयमा पत्राचार गरेको भएतापनि प्रदेशले भाषा आयोगको सिफारिस अनुसार काम नगरेको कारण दवाव मुलक कार्यक्रम ल्याउन बाध्य भएको कुरा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here