जसपाकाे विवादसम्बन्धी मुद्दाको सुनुवाइ बिहीबारदेखि हुने

73

काठमाडौं । जनता समाजवादी पार्टीको आधिकारिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ बिहीबारदेखि हुने भएको छ । साउन ३ गतेदेखि निर्वाचन आयोगको इजलासमा जसपाको आधिकारिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ शुरु भएको थियो । आयोगले आइतबार दुवै पक्षलाई आफूसँग भएको सक्कल प्रमाण झिकाउन आदेश दिएको थियो भने जसपा विवाद हेर्दाहेर्दैमा राखिएको थियो ।

प्रमुख आयुक्त दिनेश थपलिया नेतृत्वको इजलासमा आइतबार निवेदकको पक्षबाट बहस भएको थियो । अर्को पक्षले जवाफ बहस शुरु गरेपछि इजलासले सक्कल प्रमाण झिकाउन आदेश दिएको थियो ।

आयोगको इजलासले बुधबारदेखि निरन्तर सुनुवाइ गर्दै निर्णयमा पुग्ने निर्णय गरेको थियो । तर, आज परेको मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद ९इदुल ओहा० अवसरमा सरकारले सार्वजनिक बिदा दिएका कारण जसपा विवादको सुनुवाई बिहीबारबाट हुने निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

जनता समाजवादी पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव पक्ष दुवैले आधिकारिकता दाबी गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here