तर्साउन खोज्ने प्रवृत्तिबाट नर्तसिने : माधव नेपाल

300

काठमाडाैं । एमाले नेता माधव कुमार नेपालले कोटेश्वरस्थित आफ्नो निवास अगाडि राती मोटरसाइकलमा १५÷२० जना आएर तर्साउन खोजेको खुलासा गरेका छन् । उनले आफू त्यस्तो प्रवृत्तिबाट नर्तसिनेपनि जनाए  ।

राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा त्यस्तो खुलासा गरेका हुन् । पार्टीभित्र विवाद चर्किरहेका बेला आफूलाई तर्साउने नियतले त्यसो गरिएको उनको भनाइ थियो ।

उनले बिहीबार भक्तपुरमा पिपुल्स भोलिन्टियर गठन गर्दा आफूले कार्यकर्तालाई ‘बाँदर’ बनेर नहिँड्न निर्देशन दिएको पनि जनाए।  नेपालले पार्टी अध्यक्ष केपी ओलीलाई महाराजधिराजको संज्ञा पनि दिए ।

उनले भने, ‘हिजो महाराजधिराजबाट आदेश आयो, माधव कुमार नेपाल लगायतलाई सबैलाई आम माफी दिएँ । के त्यही हो कम्युनिष्ट आदर्श ?’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here