सूचना निकालेर लामो दुरीका सार्वजनिक गाडी चलाउन दिने निर्णय

198

काठमाडाैं । सरकारले मध्यम तथा लामो दुरीका सार्वजनिक गाडी चलाउन दिने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले आज शुक्रवार सूचना निकालेर विभिन्न परीक्षालाई ध्यानमा राखेर यसअघि तोकेका स्वास्थ्य मापदण्डको पालना गरी सार्वजनिक गाडी चलाउन दिने निर्णय भएको जनाएको छ ।

मन्त्रिपरिषद्को साउन ४ गतेको निर्णयअनुसार त्रिभुवन विश्वविद्यालय, कक्षा १२ तथा लोक सेवा आयोगलगायतका परीक्षा कार्यक्रम सार्वजनिक भएकाले देशका विभिन्न भागबाट हुने परीक्षा तथा सर्वसाधारणको आवतजावतलाई सहज बनाउन काठमाण्डौ उपत्यकाका सम्पूर्ण यातायात व्यवसायीले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी मध्यम तथा लामो दुरीका सार्वजनिक गाडी सञ्चालनको व्यवस्था मिलाउन सूचनामा भनिएको छ ।

यसअघि गृह मन्त्रालयले सार्वजनिक गाडी चलाउन र मापदण्ड पालना गराउन प्रहरी प्रधान कार्यालय र सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको थियो ।

साथै यसअघि काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले अत्यावश्यक काम विशेषले काठमाण्डौ उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी गाडीलाई आवतजावत गर्न दिइने निर्णय गरेको थियो । तर लामो दुरीको गाडी सञ्चालन गर्नेबारे निर्णय भएको थिएन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here