वैदेशिक रोजगारीमा जानेहरुको खोप कार्ड प्रमाणीकरण

48

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जानेहरुको खोप कार्ड प्रमाणीकरण गर्न आइतबारदेखि चार अस्पताल तोकेको छ ।

यसअघि टेकुस्थित शुक्रबार ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट मात्र खोप कार्ड प्रमाणीकरण हुँदै आएकामा अब सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, निजामती कर्मचारी अस्पताल बानेश्वर र पाटन अस्पताल ललितपुरबाट पनि प्रमाणीकरण गरिने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका प्रमुख डा. तारानाथ पोखरेलले बताए ।

उनले भने, ‘१ ठाउँमा मात्रै तोक्दा भिड बढेर सेवाग्राहीलाई मर्का परेकाले हामीले थप ३ अस्पताललाई तोकेका हौं ।’

वैदेशिक रोजगारीमा जानेहरुले खोप लगाए पनि खोप कार्ड प्रमाणीकरण नगराए उक्त कार्डले मान्यता नपाउने हुनाले प्रमाणीकरण गर्ने गरिएको हो । खोप कार्ड प्रमाणीकरण नगराए कतिपय देशमा जान नपाइने र जानेहरुले पनि क्वारेण्टिनमा बस्नुपर्छ ।

त्यसैले कारण वैदेशिक रोजगारीमा जानेहरुले  जानुअघि खोप कार्ड प्रमाणीकरण गर्न लाइनमा बसेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here