अन्तर्राष्ट्रियकरण गराउने उद्वेश्यका साथ ‘हाकु मैंचा’ बोलको गीत लोकार्पण

176

सुरजवीर बज्राचार्यको ‘हाकु मैंचा’ बोलको गीतको भिडियो एक कार्यक्रमकाबीच लोकार्पण गरिएको छ । बालमुकुण्ड प्रजापतिको निर्देशन रहेको नेपालभाषाको ‘हाकु मैंचा त्वइसेच्वंका गन वनेत्यना ?’ बोलको गीतले माता पिरती साट्ने बखतको सौन्दर्यलाई अथ्र्याउँछ ।

थिमिको प्यासिफिक फुड ल्याण्डमा आयोजित कार्यक्रममा मध्यपुर थिमिका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले गीतको भिडियो लोकार्पण गरे ।

साे कार्यक्रममा नगरप्रमुख श्रेष्ठले नेपालभाषामा निर्माण गरिएको गीतलाई व्यावसायीकरण गर्नुपर्नेमा जोड दिए । सांगीतिक अभिव्यक्तिलाई जुनसुकै समुदाय, वर्ग र भाषामा बनाएर अन्तर्राष्ट्रियकरण गर्न सकिने उनले जनाए ।

‘नेपाल भाषालाई सम्बद्र्धन गर्ने खालको गीतलाई प्रचार प्रसार गर्दै अघि बढ्नुपर्छ । जसकामा म आफैले पनि सक्दो सहयोग गर्ने प्रतिबद्वता जनाए ।’ नगरप्रमुख श्रेष्ठले  भने । साथै  गीतका रचनाकार तथा गायक सुरजवीर बज्राचार्यले ‘हाकु मैंचा’ लाई प्यारोडी गर्ने सोचका साथ तयार गरेको  खुलासा गरे ।  तर समायान्तरमा वरिष्ठ संगीतकार जुगल डंगोलसँगको सहकार्यमा नयाँ प्राण भर्न सफल भएको उनले स्मरण गरे ।

हुन पनि हाकु मैंचा बोलको गीत नेपालभाषा संगीत क्षेत्रको लागि थप नयाँ जग हुनसक्छ । समृद्धिको कुरो गरिरहँदा भौतिक विकास मात्रले त्यसलाई सार्थकता दिँदैन । बरु भाषा, मूर्त र अमूर्त सम्पदाको संरक्षण, साहित्य सिर्जना र गीत संगीतको विकासले निर्धारण गरेको हुन्छ । कार्यक्रममा भक्तपुर नगरपालिकाका पूर्व नगरप्रमुख ओमचरण अमात्यले कला, संस्कृति तथा गीत संगीतको विकास गर्नु पर्नेमा जोड दिए । ‘म आफैले पनि बहुभाषी चलचित्र ‘हिम आँधी’ बनाउँदैछु ।

यस गीतलाई अंग्रेजी, नेपाली, नेपालभाषा तथा चिनियाँ भाषामा अनुवाद गरेर अन्तर्राष्ट्रियकरण गर्ने सोच बनाउँदैछु ।’ अमात्यको धारणा  थियो । नेपाल सांस्कृतिक उत्थान परिषद्को व्यानरमा तयार भएको म्यूजिक भिडियोको मुख्य भूमिकामा अणु खड्का, रमेश बल्ल तथा आशाराम शिल्पकार छन् ।

त्यस्तै कलाकारहरुमा डेरिका छन्त्याल, आरती भासिमा, अस्मिता मानन्धर तथा लिजा र निशा प्रजापति छन् । देवेन्द्र प्रजापतिको छायांकन तथा सम्पादन रहेको भिडियोमा दिपक बज्राचार्य र सागर बनमालाले संयुक्त रुपमा कोरियोग्राफी गरेका हुन् । सुरजबिर बज्राचार्य नेवाः पत्रकार राष्टिय दबकाे अध्यक्ष तथा इमेज न्युज एफ.एम.को प्रोग्राम पोडुसर तथा प्रस्तोता समेत हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here