काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई छिमेकी भारत र चीनले बधाइ दिएका छन्। आइतबार बेलुका दाहाल प्रधानमन्त्री नियुक्त भएलगत्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई दाहाललाई बधाइ दिएका हुन्। ट्वीटरमार्फत मोदीले बधाइ दिँदै दुई देशबीच रहँदै आएको सम्बन्धलाई थप बलियो बनाउन सहकार्य गर्न चाहेको खुलाएका छन्।
त्यस्तै चाइनिज एम्बेसी नेपालले पनि देशको ४४औँ प्रधानमन्त्री भएकोेमा दाहाललाई बधाइ भनेका छन्।

















