सम्झौता भए बमोजिम राष्ट्रपति र प्रम नदिने भएपछि अर्को विकल्पमा गयाे : महरा

54

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले कांग्रेसले अडान नछोडेपछि नयाँ समीकरणमा जानुपरेको जनाएका छन्। सोमबार प्रधानमन्त्रीको सपथ ग्रहणअघि बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकपछि महराले उक्त कुरा जनाएका हुन्।

आइतबार १२ बजेसम्म अर्कै गठबन्धनसँग रहेको जनाउँदै महराले पहिले सम्झौता भए बमोजिम राष्ट्रपति र प्रधानमन्त्री दुबै नदिने भएपछि अर्को विकल्पमा गएको दाबी गरे। उनले अर्को विकल्पमा जाँदा ७ वटा पार्टीबीचमा समझदारी भएर प्रधानमन्त्री माओवादी पार्टीले प्राप्त गरेको जनाए।

प्रवक्ता महराले भने, ‘सातवटा पार्टीबीचमा समझदारी भएर प्रधानमन्त्री हामीले प्राप्त गर्‍यौं। पार्टी अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त हुनुभयो। हामी १२ बजेसम्म पर्खियौं तर देउवाले अडान छोड्नु भएन। अडान नछोडेपछि हामीले अर्को समीकरण सोच्यौं,’ उनले भने, ‘यसमा आश्चर्य मान्नुपर्ने छैन। कांग्रेसका नेताहरु खासगरी रामचन्द्र पौडेल त खुलेरै बोल्नुभयो। देउवाजीको हठका कारण हाम्रो गठबन्धन टुट्यो। अहिले भर्खरै देउवाले जीले पनि फोन गर्नुभयो। ल तपाईंहरुको भयो भन्नुभयो।नेपाली कांग्रेसले समेत स्वीकार गर्‍यों।’

प्रचण्डले आज अपरान्ह ४ बजे प्रधानमन्त्रीको सपथ लिँदैछन्। सानो मन्त्रिमण्डल गठन हुने महराले जानकारी दिए। माओवादीबाट मन्त्री बन्नेमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नाम पक्का भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here