पूर्वसहमतिअनुसार माकेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री नछोड्दा गठबन्धन टुट्याे

79

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले पूर्वसहमतिअनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री नछोड्दा गठबन्धन टुटेको छ।

लगातार छलफल गर्दा पनि देउवाले दाहाललाई पहिलो दुई वर्ष प्रधानमन्त्री छाड्न अस्वीकार गरेपछि अन्तत उनले एमाले, राप्रपा, रास्वपासहितका दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका छन्। प्रचण्डको यो भुमले संघसहित सबै प्रदेशमा पहिलो दल बनेको कांग्रेस सबैतिर प्रतिपक्षी बन्ने निश्चित भएको छ।

पहिलो कार्यकालमा प्रचण्डलाई प्रधानमन्त्री दिन सभापति देउवासहित एक एकाथरी नेताहरुले अस्वीकार गरे पनि केही नेताहरु भने शक्तिबाडफाँड मिलाएर उनलाई छाड्नुपर्ने पक्षमा थिए।

शनिबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा कांग्रेस नेता कृष्ण सिटौलाले शक्ति बाँडफाट मिलाएर जानुपर्ने धारणा राख्दै प्रचण्डलाई प्रधानमन्त्री छाड्न आफ्ना सभापतिलाई सुझाव दिएका थिए।

कांग्रेसले राष्ट्रपति र सभामुख जस्ता पद लिएपछि प्रधानमन्त्री माओवादीलाई दिएर गठबन्धान जोगाउनुपर्ने उनको आशय थियो। तर जवाफमा देउवाले आफूलाई अमेरिका र भारतले समेत समर्थन गरेकाले छोड्न नसकिने जवाफ दिएको स्रोतले जानकारी दियो। देउवाको भनाइ उद्धृत गर्दै स्रोतले, ‘मलाई अमेरिका र भारतले समर्थन गरेका छन्। पार्टीभित्र पनि नछोड्न दबाब छ।’

आइतबार निर्णाक भनेर बसेको बैठकमा पनि दाहालले आफूलाई पहिलो कार्यकाल दिन देउवा समक्ष आग्रह गरेका थिए। दाहालले चुनावपछि आफूलाई प्रधानमन्त्री दिन देउवाले दिएको वचनसमेत आइतबारको बैठकमा सम्झाएका थिए।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले पनि देउवालाई आफ्नो वचनप्रति प्रतिबद्ध हुँदै पहिलो कार्यकाल दिन देउवालाई सुझाव सम्झाए।

तर बालुवाटार स्रोतका अनुसार देउवाले प्रधानमन्त्री नछाड्न आफू पार्टीभित्र दबाब आएकाले पहिलो दुई वर्ष दिन नसक्ने जवाफ दिए। देउवाको जवाफपछि गठबन्धनको औचित्य सकिएको घोषणा गर्दै उठेका प्रचण्ड खाना खान खुमलटार पुगे लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगे।

बालकोटमा एमाले, रास्वपा, राप्रपा, जसपासहितका दलले दाहाललाई प्रधानमन्त्रीमा समर्थन जनाए। उनी स्वतन्त्र सांसद सहित १६९ को समर्थनमा प्रधानमन्त्री नियुक्त भए।

पछिल्लो एक हप्ता यता भएका छलफलमा प्रचण्डलाई प्रधानमन्त्री छाड्न टसमस नभएका देउवाले उता अंकगणित मिलिसकेपछि आफू छोड्न तयार रहेको भन्दै फोन गरे। तर प्रचण्डले ढिलो भएको भन्दै जवाफ फर्काएर, बालकोटमा अर्को सत्ता गठबन्धनको नेतृत्व गर्न पुगेँ।

सभापतिको अडानका कारण आठवटै प्रदेशमा एकाएक विपक्षी कित्ता उभिनुपर्ने अवस्था आएपछि कांग्रेसभित्र असन्तुष्टि चुलिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here