काठमाडाैं । नेपाली राष्ट्रिय फुटबल टिमका उदयीमान खेलाडी मनिष डाँगीले आसन्न ए डिभिजन लिग मच्छिन्द्र क्लवबाट खेल्ने भएका छन ।
यसअघि थ्रीस्टारबाट खेल्ने बताइएपनि अन्तिम समयमा रकमको कुरा नमिल्दा उनलाई मच्छिन्द्रले तानेको स्रोतले बताएको छ ।
नेपाली राष्ट्रिय फुटबल टिमबाट डेब्यु गर्दाको खेलमा नै गोल गरेपछि झन चर्चा कमाएका मनिषलाई मच्छिन्द्रले मोटो रकममा भित्र्याएको बताइएको छ ।
अघिल्लो पटक थ्रीस्टारबाट मोफसलका प्रतियोगितामा थ्रीस्टारबाट खेलेका मनिषलाई लिगका लागि थ्रीस्टारलेपनि राख्न खोजेको थियो । तर रकममा कुरा नमिल्दा र मच्छिन्द्रले थ्रीस्टारको भन्दा बढि रकम प्रस्ताव गरेपछि त्यहाँ गएका हुन ।
नेपालका लागि यू १८ साफ च्याम्पियनसिप, एएफसी यू १९ च्याम्पियनसिप क्वालिफिकेसनमा खेलेका थिए । विराटनगर सिटी एफसीबाट नेपाल सुपर लिग खेलेका मनिष राष्ट्रिय टिममा पनि उदयीमान खेलाडीका रुपमा रहेका छन । उनले अहिलेसम्म नेपालबाट चार खेल खेल्दा एक गोल गरेका छन ।
सन् २०१९ मा खालिबारीबाट सी डिभिजन लिग खेलेका मनिषले पहिलो पटक ए डिभिजन लिग खेल्ने भएका छन ।


















