नेप्से परिसूचक ३०५८.६४ विन्दुमा उछाल

362
facebook sharing button
काठमाडाैं ।  साताको पहिलो कारोबार दिन आइतबार नेपालको पुँजीबजार मापक नेप्सेमा उछाल आएको छ।
आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५४.३१ अंकले बढेर ३०५८.६४ विन्दुमा उक्लिएको छ। आज कारोबार रकम पनि १४ अर्ब नाघेको छ।  नेप्सेमा आज कूल १४ अर्ब १९ करोड १० लाख ६८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। कूल २२३ वटा कम्पनीका चार करोड ३८ लाख ६८ हजार १३० कित्ता सेयर एक लाख ३८ हजार ९५६ पटक खरिद-बिक्री भएका थिए।

आज ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ११.७४ अंकले बढेर ५७४.७४ विन्दुमा उक्लिएको छ।  आज नाै वटा कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेको थियो। लक्ष्मी उन्‍नति कोषका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ३.९५ प्रतिशतका दरले गुमाएका छन्।

आज नेपाल बैंकको सबैभन्दा धेरै ४९ करोड ७१ लाख छ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। संख्यात्मक आधारमा लक्ष्मी इक्युटी फण्ड सबैभन्दा धेरै ३४ लाख ५९ हजार ८५१ कित्ता र ग्लोबल आईएमई बैंकको सेयर सबैभन्दा धेरै पाँच हजार ७९ पटक किनबेच भएका थिए।  आज होटल तथा पर्यटन र म्युच्युअल फण्डबाहेक सबै उपसमूहका परिसूचक बढेको नेप्सेले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here