संग्रौलालाई महेश बस्नेतद्वारा यस्ताे धम्की

176

काठमाडौं । नेकपा एमाले नेता महेश बस्नेतले लेखक तथा विश्लेषक खगेन्द्र संग्रौलालाई धम्की दिएका छन्।
आफूलाई बस्नेतले तह लगाउने धम्की दिएको लेखक संग्रौलाले सामाजिक सञ्जालमार्फत जनाएका हुन्।

शाही शासनमा सेनाको धम्की झेलेको बताउँदै संग्रौलाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘शाही निरङ्कुशतामा मण्डलेका र संकटकालमा शाही सेनाका परोक्ष धम्की झेलेको थिएँ। अहिले गणतन्त्रमा माननीय महेश बस्नेतले साइबर सेना लाएर तह लाउने प्रत्यक्ष धम्की दिए।’

आफूलाई केपी ओलीको आदेशबमोजिम धम्की आएको समेत उनले उल्लेख गरेका छन्।  ‘तह लाउने बदनाम गरेर, कुटेर हो कि मारेर हो? यो अति उदार र सहिष्णु ओली सरको आदेशबमोजिमको धम्की त होला। धन्य ओली सर!,’ उनले लेखेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here