एनआरएनए द. कोरियाले आठौँ समितीका लागि नेतृत्व चुन्यो

71

सिओल । गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियामा दिपक पुनको अध्यक्षतामा आठौँ नयाँ कार्यसमिती निवार्चित भएको छ। विभिन्न चरणमा सम्पन्न निर्वाचनबाट २२ सदस्यिय नयाँ समिती चयन भएको संघले जनाएका छन् ।

संघको जुलाई १८ का लागि निर्वाचन कार्यतालिका तोकिएकोमा अन्य पदमा निर्विरोध चयन भएपनि सचिव पदमा भने मतदानबाट पदाधिकारी चयन गरिएको थियो।

संघको आईसीसी सदस्यमा द्धय डा विमल सुवेदी र सोमबहादुर तामाङ चयन भएका छन्। त्यस्तै, नवनिर्वाचित पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्ष सञ्जिवकुमार राई, उपाध्यक्षमा किरण अधिकारी र मनोज गौतम, महिला उपाध्यक्षमा शुभद्रा पालुङवा, महासचिवमा रोशन भट्टराई चयन भएका छन।

त्यस्तै, सचिवमा परी गुरुङ निर्वाचित भएकी छन्। कोषाध्यक्षमा खिमकुमार काउछा, युवा संयोजकमा अनित थपलिया, महिला संयोजकमा सुजाता बस्नेत र सहकोषाध्यक्षमा सुनिल कान्दावा चयन भएका छन्।

त्यसैगरी, सदस्यहरुमा अमृता लामिछाने गुरुङ, बुद्धिप्रसाद नेपाल, गम्भिरमान श्रेष्ठ, गंगा खतिवडा, रमेश थापा, डा रोशनशर्मा पौड्याल र सन्तोष खड्का चयन भएका छन्।

संघले एनआरएनए कोरियाको इतिहासमा पहिलोपटक अनलाइन भोटिङमार्फत् निर्वाचन सम्पन्न गरेको हो।  आर्थिक अपार्दशिता लगायतका आरोप खेप्दै आएको यो संस्थाको सातौं समितीमा यज्ञराज सुवेदीले नेतृत्वको अवसर पाएका थिए।

सुवेदी नेतृत्वमा आएपछि संस्थालाई कोरियाको सरकारी निकायमा दर्ता गरेर वैधानिक संस्थाको रुपमा स्थापित गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here