राष्ट्रपति तथा प्रधानमन्त्रीको फोटो दुरुपयोग गरी चरित्र हत्या गरेको अभियोगमा पक्राउ

251

काठमाडौं । सम्माननीय राष्ट्रपति तथा प्रधानमन्त्रीको फोटो दुरुपयोग गरी चरित्र हत्या गरेको अभियोगमा झापा मेचीनगर नगरपालिका-६ बस्ने सोम प्रसाद घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ ।

घिमिरेले राष्ट्रपति तथा प्रधानमन्त्रीको फोटो इडिट गरी ट्रोल भिडियो बनाई सामाजिक सञ्जाल टिकटकमा पोष्ट गरी चरित्र हत्या गरेको अनुसन्धानबाट खुल्न आएपछि प्रहरी प्रधान कार्यालय साईबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा उनलाई पक्राउ गरेको हो ।

उनीउपर जिल्ला अदालत काठमाडौंबाट शुक्रबार ७ दिन म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भईरहेको उक्त ब्यूरोले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here