सम्झौतासँगै लस्कर फुड्सका प्रयोगकर्ताले प्रभु–पे डिजिटल वालेटबाट लस्कर फुड्स मार्फत भुक्तानी गर्न सक्नेछन् । यससँगै लस्कर फुड्सबाट खानेकुरा अर्डर गरेर प्रभु पे मार्फत भुक्तानी गर्दा आकर्षक अफर पाउने लस्कर फुड्सले जनाएको छ ।
प्रभु पे बाट भुक्तानी गर्दा साप्ताहिक रुपमा लक्की ड्र मार्फत लस्कर फुड्सले फुड भौचर दिने योजना अघि सारेको छ । लस्कर फुड्समा हुने अर्डरहरु मध्ये अनलाइन पेमेन्टमा ग्राहकहरुको रुचि प्रभु पे पर्न गएकोले यस्तो आकर्षक अफर ल्याएर ग्राहकहरुलाई प्रोत्साहन गरिएको हो । लस्कर फुड्सले २ मा १ योजना समेत अघि सारेको छ ।


















