एनआरएनएको मेक्सिकोमा पनि शाखा गठन

54

इटाली । गैरआवासीय नेपाली संघ (एनआरएनए) को मेक्सिकोमा पनि शाखा गठन गरिएको छ ।

अमेरिकाज क्षेत्रका क्षेत्रिय संयोजक राजन त्रिपाठीको पहलमा मेक्सिकोमा रहेका नेपालीहरुको जुममार्फत् गरिएको एक भेलाले कृष्ण बहादु्र कार्कीको नेतृत्वमा एनआरएनए मेक्सिको गठन गरिएको हो ।

परिषद्को उपाध्यक्षमा निर्मल सशी मर्हजन, महासचिवमा पूर्ण लामा, कोषाध्यक्षमा नारायण प्रसाद बस्याल र सदस्यहरुमा दिपा लामा, कल्पना तिवारी, फेड्रिक रनेश कार्की, बिनि श्रेष्ठ, मणि कुमार गौतम, रश्मी प्रभा बानिया कार्की चयन भएका छन् । त्यसैगरी संघको आइसिसि सदस्यमा बिनोद कुमार मुडभरी चयन भएका छन् ।

यो सँगै एनआरएनएको अमेरिकाज क्षेत्रमा अमेरिका र क्यानडामा मात्र संगठन रहेकोमा यसपाली थपिएका कोष्टारिका र मेक्सिको गरेर चार पुगेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here