एक हजार ३७३ जनाले काेराेना जिते

51

काठमाडौं । पछिल्लो २४ घण्टामा दुई हजार ३३५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा  नौ हजार ५५५ जनामा आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा अहिले २४।२ प्रतिशत सङ्क्रमण दर रहेको छ ।

यस्तै, चार हजार ६८७ जनामा गरिएको एन्टिजेन परीक्षणमा एक हजार ३० जनामा सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ३७३ जना कोरोना सङ्क्रमित निको भएका छन् । सङ्क्रमणका कारण १६ जनाको मृत्यु भएको छ । योसँगै नौ हजार ८०७ जनाको मृत्यु भैसकेको छ । अहिलेसम्म ९४।३७ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here