लिजेण्ड दादासाहेब फाल्के अवार्ड उरुषा पाण्डेलाई

155

मुम्बई । भारतीय फिल्मका पिताको रुपमा चिनिने दादासाहेब फाल्केको नाममा स्थापित एउटा अवार्डबाट नेपाली कलाकार उरुषा पाण्डे सम्मानित भएकी छिन् ।

नेपाली मोडल तथा अभिनेत्री उरुषा पाण्डे मुम्बईमा प्रतिष्ठित ‘लेजेण्ड दादासाहेक फाल्के अवार्ड’ बाट सम्मामित भएकी हुन् । अभिनेत्री पाण्डेले कलाकर्मीलाई दिएको जानकारी अनुसार उनलाई दादासाहेक फाल्केका नाती चन्द्रशेखर पुसाल्करले उक्त सम्मान अर्पण गरेका हुन् ।

अभिनेत्री पाण्डे पछिल्लो केही वर्षदेखि मुम्बईमा रहेर हिन्दी फिल्म, वेब सीरीज, विज्ञापन तथा म्युजिक भिडियोहरुमा अभिनय गरिरहेकी नेपाली कलाकार हुन् । ‘म यो पुरस्कार ग्रहण गर्न पाएकोमा आफैंलाई भाग्यशाली तथा सम्मानित भएको महसूस गरेकी छु, अभिनेत्री पाण्डेले भनेकी छिन् ।

अभिनेत्री पाण्डेले सम्मानित भएको क्षणका केही तस्बिरहरु फेसबुकमा शेयर गर्दै लेखेकी छिन्–‘सर्वप्रथम भारतमा फिल्म निर्माणको थालनी गर्ने दादासाहेब फाल्केलाई हार्दिक धन्यवाद दिन चाहन्छु, मैले बाबा भनेर सम्बोधन गर्ने चन्द्रशेखरजीलाई पनि हार्दिक धन्यवाद । कृष्ण सर, जो लिजेण्ड दादासाहेब फाल्के अवार्डका प्रमुख व्यक्तित्व हुनुहुन्छ, मेरो कडा मेहनत र परिश्रमलाई पहिचान गरिदिनु भएकोमा हार्दिक धन्यवाद ।’

‘भरखरै फिल्म उद्योगमा पाइला चाल्न थालेकी नयाँ कलाकारलाई पुरस्कारका लागि कसरी छनोट गर्नु भयो ? उरुषाले चन्द्रशेखरलाई यो जिज्ञासा राखेकी थिइन् ।

‘कम उमेरमै धेरै काम गरेकाले तिमी यो अवार्डका हकदार छौ छोरी, चन्द्रशेखरको भनाइ उदृत गर्दै अभिनेत्री पाण्डेले भनिन्–‘यो दादासाहेब र मेरोतर्फबाट तिमीलाई आशीर्वाद हो । हामीले तिमीमा एउटा ठूलो स्टारको छवि पाएका छौं । त्यसैले तिमीले यो स्विकार्नु पर्छ ।’ ‘उहाँको कुराले मेरो मुटु छोयो, करियरको प्रारम्भमै पाएको यो सम्मानलाई मैले अहोभाग्य ठानेकी छु, अभिनेत्री पाण्डेका अनुसार चन्द्रशेखरले उनलाई मात्र होइन, उनका बुवालाई समेत आफ्नै घरमा बोलाएर उक्त सम्मान अर्पण गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here