सवारी दुर्घटनामा २ जनाको मृत्यु

86

काठमाडौं । रौतहटकाे चन्द्रपुर नगरपालिका-६ मोतिहाईस्थित सडकमा ना.४ त ५५१९ नम्बरको ट्याक्टर बिहीबार साँझ दुर्घटना हुँदा ट्याक्टरमा सवार कटहरिया नगरपालिका-६ फत्तेपुर बस्ने २६ वर्षीय छबिलाल महतोको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाईते भएका उनको चपुर प्रालि अस्पतालमा उपचारको क्रममा मृत्यु हो । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

मोरङकाे बेलबारी नगरपालिका-९ तिनकुटियास्थित सडकमा प्रदेश १-०२-०४३ प ५७६८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २८ वर्षीय उमेश चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाईते भएका उनको न्युरो हस्पिटल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका
मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ३० वर्षीय श्रवण कुमार विश्वासको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here