‘आइएमई पे ’ र साइकल सिटी नेटवर्क नेपाल (ग्रीन वे) वीच सम्झौता

116

काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई प‘े र साइकल सिटी नेटवर्क नेपाल (ग्रीन वे) वीच सम्झौता भएको छ । नेपालमा दिगो विकास तथा स्वास्थ्य जीवन र स्वच्छ शहरका लागि साइकल यात्रा अभियानको प्रवद्र्धन गर्न सहभागी हुने साइकल यात्रीलाई १ कि.मि साइकल यात्रा गरे बापत रु ३ प्रदान गरिनेछ र सो रकम भुत्तानी गर्ने पेमेन्ट पार्टनर आइएमई पे रहेको छ । साइकल सिटी नेटवर्क नेपाल (ग्रीन वे) र आइएमई डिजिटल सोलुसन लिमिटेडबीच भएको सम्झौता पश्चात अबदेखि ग्रीन वे एपले आइएमई पे मार्फत भुत्तानी सेवा प्रदान गर्ने छन् ।

उक्त अवसरमा बोल्दै आइएमई डिजिटल सोलुसन लिमिटेडका व्यापार व्यवस्थापक प्रमुख आमोद भट्टराईले साइकल सिटी नेटवर्क नेपाल (ग्रीन वे) को साइकल यात्रा प्रवद्र्धन अभियानलाई संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) को हिस्साका रूपमा समर्थन गर्दै ‘आइएमई प’े को भुक्तानी सेवा सेवाग्राहीहरुले अधिकतम फाइदा लिनेमा आफू विश्वस्त रहेको बताउनु भयो ।

सेवा शुरुआत गरिएको उपलक्ष्यमा बोल्दै साइकल सिटी नेटवर्क नेपाल (ग्रीन वे) को अध्यक्ष सैलेन्द्र डंगोलले साइकल यात्रा प्रवद्र्धन अभियानमा सहभागी साइकल यात्रीलाई आइएमई पे मार्फत भुक्तानी गर्न सकिने हुँदा सेवाग्राहीहरूलाई अझ सजिलो हुने र सोही एप प्रयोग गर्दा क्यास ब्याकको फाइदा पनि उठाउन सक्ने विश्वास ब्यक्त गर्नु भयो ।
साइकल सिटी नेटवर्क नेपाल (ग्रीन वे) को बारेमा ः–

ग्रीनवे सार्वजनिक पूर्वाधार र यातायात मन्त्रालय, संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी), ललितपुर महानगर शहर (एलएमसी), कान्तिपुर मिडिया समूह (केएमजी), एनसेल एक्सियता, र साइकल सिटी नेटवर्क नेपालको संयुक्त पहल हो । नेपालमा साइकलिंग र अन्य वातावरण मैत्री अभ्यासहरुलाई बढावा दिन, “मेरो मार्ग हरित मार्ग हो“ भन्ने नाराका साथ संयुक्त पहलको उद्देश्यले हरित पहललाई प्रवर्धन र विभिन्न संस्था र दिगो शहरी गतिशीलतालाई बढावा दिन, कार्बन उत्सर्जन रोक्न, वातावरण संरक्षण र शहरी स्थिरताका लागि साझेदारीलाई बढावा दिने कुरामा विश्वास गर्ने मानिसहरू ल्याउन प्लेटफर्म बनाउनु हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here