आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

58

रुपन्देही । बुटवल उपमहानगरपालिका-१० औधोगिक क्षेत्रभित्र रहेको युजन पेट्रोलियम उद्योग प्रालिमा कालो मोबिल रिफाइडिङ गर्ने ठाउँमा सोमबार दिउँसो आगलागी भएको छ ।

आगलागी भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले स्थानीय र दमकलको सहयोगमा आगलागी पूर्णरुपमा नियन्त्रणमा लिएको छ । आगलागीबाट भएको क्षतिको बिबरण आँउन बाँकी रहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here