विवेकशीलले ‘वैकल्पिक राजनीतिको मूल बाटो’ दस्ताबेज ल्याउने

222

काठमाडाैं ।  विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले आफ्नो सामाजिक सञ्जाल मार्फत आफूहरूले ‘वैकल्पिक राजनीतिको मूल बाटो’ नाम गरेको दस्ताबेज ल्याउन लागेको उल्लेख गरेका छन्। उक्त दस्ताबेजमा सबैभन्दा माथि न्याय, स्वतन्त्रता र संवृद्धि लेखिएको छ।

पार्टीभित्र केहि दिन अघि अध्यक्ष रवीन्द्र मिश्रले ‘विचारभन्दा माथि देश’ नामको आलेख मार्फत सङ्घीयता खारेजी र धर्म निरपेक्षतामा जनमत सङ्ग्रहको प्रस्ताव ल्याएका थिए। उनले दस्ताबेजमा राजतन्त्रको समेत वकालत गरेको थिए। उक्त प्रस्ताव ल्याएपछि, पार्टीका अर्का संयोजक मिलन पाण्डेले विरोध गरेका थिए।
संयोजक पाण्डेले दस्ताबेज क-कसको नाममा के के विषयमा आउँदै छ भन्ने कुरा भने खुलाएका छैनन्। “दस्ताबेजमा धेरै जनाले काम गर्नुभएको छ। प्रतिनिधि नाम १-२ जनाको आउँछ, तर यो दस्ताबेज सामूहिक दस्ताबेज हो” विवेकशील साझा पार्टीका एक नेताले भने।
रवीन्द्र मिश्रको दस्ताबेजमा पार्टीभित्रै धेरै विरोध भइरहेको छ भने बौद्धिक जमातले समेत राजतन्त्र ल्याउन लागेको, सङ्घीयता उल्ट्याउन लागेको र धर्मको राजनीति गर्न लागेको भनेर विरोध हुँदै छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here