काठमाडौं । दार्चुला घटना र त्यसपछि नेपाल सरकारको गतिविधिप्रति नेकपा (एमाले)ले असन्तुष्टि व्यक्त गरेको छ। मंगलबार प्रतिनिधि सभामा विरोध जनाउँदै सो पार्टीले सरकारले सो घटनालाई साम्य प्रयत्न गरिरहेको आरोप पनि लगाएको छ।
खुलेआम एउटा निर्दोष नेपाली नागरिकको ज्यान गएको भन्दै घटना अत्यन्तै दुःखद् भएको उनले बताए। ‘प्रत्यक्षदर्शीह स्वयं नदीको दुवैतर्फ भएका उनीहरुले तार फुकालेर महाकाली नदीमा बगेकोसम्म देखेको र निजका आफन्तहरुले भारतीय थानामा किटानी जाहेरी समेत दिइसकेका छन्,’ उनले भने।
उनले नेपाल सरकार गृहमन्त्रालय र स्थानीय प्रशासन प्रत्यक्ष घटित घटनालाई पनि ढाकछोप गर्न र भ्रम नफैलाउन भनेर विज्ञप्ति निकालिरहेको भन्दै असन्तुष्टि जनाए।
घटनाको छानबिनको लागि संसदीय समिति गठन गर्न आग्रह गरेका छन्। ‘यो घटनाको औपचारिक रुपमा भारत समक्ष विरोध दर्ता गरियोस् र दोषीलाई कारबाही गर्न पहल गरियोस्,’ उनले भने।


















