ओलम्पिकमा चीनको अग्रता कायमै

39

एजेन्सी । जापानमा जारी ३२ औं संस्करणको गृष्मकालीन ओलम्पिक खेलकुद ‘टोकियो ओलम्पिक’ मा एसियाली मुलुक चीनको अग्रता कायमै छ।

टोकियोमा जारि ओलम्पिकको ११ औं दिनको खेल सकिँदा २२६ स्वर्ण पदकको छिनोफानो भएको छ‍। जसमा रसियन ओलम्पिक टिमसहित कुल ५७ राष्ट्रले स्वर्ण पदक जितेका छन् ।

मंगलबारसम्म चीनले शीर्ष स्थानमा आफ्नो अग्रता कायमै राखेको छ। चीनले अमेरिकालाई पछि पार्दै शीर्ष स्थानको अग्रता कायम राखेको हो।

चीनले ३२ स्वर्ण, २१ रजत र १६ कास्यसहित कुल ६९ पदक जितेको छ। दोस्रो स्थानको अमेरिकाले २४ स्वर्ण, २८ रजत र २१ कास्यसहित कुल ७१ पदक जितेको छ ।

तेस्रो स्थानमा रहेको घरेलु टोली जापानले १९ स्वर्ण, ६ रजत र ११ कास्यसहित कुल ३६ पदक जितेको छ।

अष्ट्रेलिया १४ स्वर्ण, ४ रजत र १५ कास्यसहित सहित ३३ पदक जितेर चौंथो स्थानमा रहँदा रसियन ओलम्पिक टिमले १३ स्वर्ण, २१ रजत र १८ कास्यसहित कुल ५२ पदकसहित पाँचौ स्थानमा छ।

ग्रेट ब्रिटेनले १३ स्वर्णसहित कुल ४३ पदक जितेर छैठौं स्थानमा रहेको छ । जर्मनीले ८ स्वर्ण जितेर सातौं स्थानमा रहँदा  फ्रान्स, नेदरल्याण्ड, न्युजिल्याण्ड र दक्षिण कोरियाले समान ६/६ स्वर्ण जितेका छन्।

इटालीले ५ स्वर्ण जित्दा चेक रिपब्लिक, हंगेरी, क्यूवाले समान ४/४ स्वर्ण पदक जितेको छ । क्यानडा, स्विट्जरल्यान्ड, ब्राजिल र क्रोएसियाले ३/३ स्वर्ण पदक जितेको छ ।

२ स्वर्ण जित्ने राष्ट्रमा नर्वे, स्वीडेन, पोल्याण्ड, जमैका, डेनमार्क, चाईनिज ताइपे, इक्वेडर,  उज्वेकिस्तान,  कोसोभो, कतार, ग्रीस र स्लोभानिया रहेको छन्। त्यस्तै ३० राष्ट्रले १/१ स्वर्ण पटक जितेका छन्।