देउवा निवास बुढानीलकण्ठमा कांग्रेसकाे पदाधिकारी बैठक बस्दै

436

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीको बैठक बोलाएका छन्। बैठक आज (मंगलबार) दिउँसो ३ बजे  देउवा निवास बुढानीलकण्ठमा बस्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेसँगै देउवाले यसबारे छलफल गर्न बैठक डाकेका हुन्।

बैठकमा कांग्रेसका पदाधिकारी तथा पूर्व पदाधिकारी सहभागी हुने कांग्रेस नेता रमेश लेखकले जनाए। पदाधिकारी बैठकलगत्तै कांग्रेसले अन्य विपक्षी दलका नेताहरुसँग छलफल गर्ने तयारी गरेको लेखकले जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here