एजेन्सी । अमेरिकी विमानमा एक अफगानी महिलाले बच्चा जन्माएकी छन् । अफगानिस्तानबाट जर्मनी जाँदै गरेको अमेरिकी विमानमा एक अफगान महिलाले बच्चा जन्माएकी हुन् ।
आइतबार यूएस एयर मोबिलिटी कमान्डले ट्वीटरमा यसको जानकारी दिँदै एउटा थ्रेड पोस्ट गरेको छ जसमा महिला आफ्नो परिवारसँग मध्यपूर्वबाट जर्मनीको यात्रा गरिरहेका बेला बच्चा जन्माएको जानकारी दिइएको छ ।
महिलाको स्थिति बिग्रँदै गएपछि विमानका कमान्डरले विमानमा हावाको दबाब बढाउनका लागि कम उडान भरे । उनकी आमाले जीवन रक्षामा मद्दत गरिन् तत्पश्चात् उनको स्थितिमा सुधार आयो ।


















