काठमाडौं/ बलिउड सुपरस्टार गोविन्दा शनिबार नेपाल आएका छन्। राष्ट्रिय सभागृहमा आइतबार आयोजना हुने सीजी सर्कल अवार्डमा सहभागी हुन छोरीका साथ शनिबार काठमाडौं आएका हुन्।
गोविन्दाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि संचारकर्मीमाझ नेपाललाई साहस र प्रेमको धर्ती भन्दै आफूलाई माया गर्ने नेपालीलाई धन्यवाद दिँदै नेपाल बसाईको क्रममा पशुपतिनाथको दर्शन गर्ने र चन्द्रागिरि हिल्स पुग्ने साथै उनको नेपाल बसाइ ३ दिनको हुने जानकारी दिए।
बलिउड सुपरस्टार गोविन्दाले नेपाल बसाईका क्रममा प्रधानमन्त्री केपी ओलीसँग भेट गर्ने कार्यक्रम रहेको छ। भारत भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय कलाकारहरुसँगको सामूहिक भेटमा गोविन्दालाई ‘ज्वाई’ भन्दै सम्बोधन गरेका थिए। गोविन्दाकी श्रीमति सुनिता आहुजा नेपाली मुलकी हुन्।