वैयक्तिक गोपनियतासम्बन्धी विधेयक बहुमतले पारित

150

काठमाडौँ/  प्रतिनिधिसभाको आजको बैठकले गृहमन्त्री रामबहादुर थापाले प्रस्ताव पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको ‘वैयक्तिक गोपनियतासम्बन्धी विधेयक, २०७५’ लाई बहुमतले पारित गरेको छ ।

उक्त विधेयकमाथिको छलफलमा सांसदहरुले उठाउनुभएका जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री थापाले गोपनियताको हक व्यक्तिको मानसम्मान र सुरक्षाका लागि आवश्यक भएको जानकारी दिनुभयो । उहाँले गोपनियताको हक सुरक्षित गर्दा अपराधी नउम्किउन् भन्नेमा पनि सचेततापूर्वक छलफल भएको उल्लेख गर्नुभयो ।

बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका ज्येष्ठ सदस्य मीना पाण्डेले ‘सामाजिक सुरक्षा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७५’ पेश गर्नुभयो । त्यस्तै शिक्षा तथा स्वास्थ्य समितिका ज्येष्ठ सदस्य मानबहादुर विश्वकर्माले ‘अनिवार्य तथा निःशुल्क शिक्षाविधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७५’ पेश गर्नुभयो ।

बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको ‘अपराध पीडित संरक्षण, २०७५’ र बालबालिकासम्बन्धी विधेयक, २०७५’ विधेयक पेश गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here