दोश्रो किपू मेयर कप ब्याडमिण्टन कप सम्पन्न

73

काठमाडाैं । कीर्तिपुर नगरपालिका वडा नं. २, देवढोका स्थित ईन्द्रायणी खेल मैदान (कभर्ड हल) मा भैरहेको दोश्रो किपू मेयर कप ब्याडमिण्टन प्रतियोगिता शनिवार सम्पन्न भएको छ ।

ईन्द्रायणी परिवार क्लव, देवढोका कीर्तिपुरको आयोजनामा भैरहेको यस प्रतियोगिताको गत साउन ३० गते कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले उद्घाटन गर्नुभएको थियो ।

साे फाइनाल खेलमा  टिममा रेमिक्स क्लव टिमका सुमन शाक्य र सुमित महर्जन प्रथम, सामाखुशी टिमका सन्तोष पनेरू र डेविड थापा द्वितीय भएको थियो त्यसैगरी द्य टिममा क्वाःचो खाजा घर टिम र ईन्द्रायणी परिवार क्लव टिम प्रथम र द्वितीय भएको थियो ।

विजयी खेलाडीहरूलाई प्रमुख अतिथि कीर्तिपुर नगरपालिकाका प्रमुख महर्जन, उप–प्रमुख सरस्वती खड्का, वडा नं। २ का अध्यक्ष तथा आयोजक क्बलका सल्लाहकार रमेशमान डंगोल, आयोजक क्लबका अध्यक्ष मीमकुमार महर्जनले प्रमाण पत्र, ट्रफिका साथै नगद पुरस्कार हस्तान्तरण गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here