द्वन्द्वपीडितले न्याय अझै पाएन

121

काठमाडौं । राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले संक्रमणकालीन न्यायलाई छिट्टै टुंग्याउन माग गरेकी छन्।

शुक्रबारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य पौड्यालले संक्रमणकालीन न्यायलाई छिटो टुंगो लगाउनुपर्ने जनाइन्। बृहत शान्ति सम्झौता भएको र नयाँ संविधान बनेको पनि लामो समय भइसक्दा पनि द्वन्द्वपीडितले न्याय नपाएको र पीडकको पहिचान सम्म हुन नसकेको भन्दै राजनीतिक दलले गरेको प्रतिवद्धता पूरा गर्न नसकेको जनाइन्।

उनले संक्रमणकालीन न्याय नटुंगिए शान्ति प्रक्रिया नै पुरा नहुने भएकाले आगामी चुनाव सम्ममा संक्रमणकालीन न्यायलाई टुंग्याउन माग गरिन्।

उनले भनिन्‘जबसम्म संक्रमणकालीन न्यायको मुद्दा टुंगिदैन, तबसम्म शान्ति प्रक्रिया हाम्रो टुंगिएको मानिदैँन र हामीले विश्वसामु गौरव गर्ने ठाउँ पनि छैन। त्यसले गर्दा यदी कानूनमा कमी छ भने कानून संशोधन गर्न लिएर आउनुस्। हामी कानून संशोधन गरौँ। कानूनमा संशोधन गरेर यो कुरालाई टुंग्याउँ। अर्को चुनावमा जानुभन्दा अगाडि संक्रमणकालीन न्यायको मुद्दा टुंगियोस् भनेर मैले सरकारलाई विनम्रतापूर्वक अनुरोध गर्न चाहान्छु।’

उनले बृहत शान्ति सम्झौतापछि द्वनद्वरत पक्ष नै पटक पटक सरकार सञ्चालनमा पुगेको भएपनि यस विषयलाई टुंगोमा पु¥याउन नसकेको बताइन्। राजनीतिक दलले चाहेमा तुरुन्तै गर्न सकिने उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here